आज हिन्दुहरूको पर्व चैते दशै देवीको पूजा र उपासना गरी मनाईंदै

खबरपथ संवाददाता
२६ चैत्र २०७८, शनिबार ०९:२१

काठमाडौं । आज हिन्दुहरूको पर्व चैते दशै देवीको पूजा र उपासना गरी मनाईंदैछ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा वर्षको दुईपटक दसैं मनाउने गरिन्छ । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । चैते दसैंमा घर-घरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराण लगायत स्तोत्र पाठ गरिन्छ ।

पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ । आजका दिन शक्तपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*