सुनचाँदीको मुल्यमा बृद्धि
खबरपथ संवाददाता
५ बैशाख २०७९, सोमबार १३:०१
बुटवल । सुनचाँदीको मुल्यमा बृद्धि भएको छ । आज नेपाली बजारमा सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार अघिल्लो दिनको मूल्यमा तोलामा ५०० ले बृद्धि भएको हो । आइतबार सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।





















