गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण भयो वाइडबडी जहाज

खबरपथ संवाददाता
१५ बैशाख २०७९, बिहीबार २०:०६

भैरहवा । बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० अवतरण गरेको छ । व्यवसायिक उडानको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः५५ मिनेटमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज परीक्षणका रुपमा विमानस्थलमा अवतरण गरेको हो । उक्त उडानमा पर्यटनमन्त्रीसहित पर्यटन मन्त्रालय, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरणसहितका प्रतिनिधिहरु रहेका थिए ।

त्रिभुवन विमानस्थलको विकल्पका रुपमा तयार भएको यो विमानस्थलमा काठमाडौं कै क्षमतामा जहाजहरु उडान तथा अवतरण गर्न सकिन्छ । गौतमबुद्ध विमानस्थलमा जेठ २ गतेबाट नियमित उडान गर्ने तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*