भोलि ईदुल फित्र मनाउँदै मुस्लिम सामुदाय
बुटवल । इस्लाम धर्माबलम्बीहरुले भोलि मंगलबार महान चाड ईदुलफित्र (ईद) मनाउने भएको छ ।
खाडी मुलुक साउदी, कतार लगायतका देशहरुमा सोमबार नै ईद पर्व मनाउने सूचना सार्वजनिक भएपछि नेपाल, भारत, पाकिस्तान, बंलगादेश लगायतका देशका मुस्लिमहरु मंगलबार मात्रै ईद पर्व बनाउने जनाएको छ । ३० दिन अर्थात् एक महिना रोजा बस्नु पर्ने इस्लामिक धर्मग्रन्थ कुरयान सरिफमा उल्लेख भए अनुसार सोमबार साँझ चन्द्रमा देखिए पनि वा नदेखिए पनि मंगलबार पर्व हुन्छ । कारण ३० वटा रोजा मात्रै बस्नुपर्ने र सोमबार नै रोजा ३० दिन पूरा भएको छ । यस्तोमा मंगलबार यहाँ का मुस्लिम समुदायले ईर्द पर्व मनाउने मौलना अहमद हुसैनले जानकारी दिए ।
ईदमा सवैई ९खानेकुरा०, खिर तथा अन्य मिठो परिकार खाने पनि गर्ने गरिन्छ । त्यस्तै इदको दिन परिवारको हरेक सदस्यको लागि नयाँ लुगा कपडा खरिद गर्ने गरिन्छ । जनकपुरधाम उपमहानगरपलिकाका पूर्व मेयर तथा राजनीतिकर्मी असगर अलिले भने, ‘ईदको नमाज पढ्नु पूर्व घरका प्रत्येक सदस्यको लागि नयाँ लुगा कपडा लगाउनु जरुरी छन् तर गरिब, असहायलाई कसैले कपडा लत्ता सहयोग गरदिन्छ।’
इदको बिहानै सम्पूर्ण मुस्लिमले नुहाई पाकसाफ ९साफसुघर० भई नयाँ कपडामा नजिकका इद गह चाडपर्वमा ९नमाज पढ्ने स्थान० मा गइ नमाज पढ्ने गर्छन् ।
इर्दको नमाज पढ्नु भन्दा पूर्व रोजामा भएको टुटि वा रोजालाई शुद्धिकरणका लागि पर व्यतिगत २ किलो ४५ ग्रामको दरले गँहु परिवारका सवै सदस्यहरुले फित्रराको रुपमा वात्यति बरावरको रकम अनिवार्य रुपमा मदरसा तथा गरिब मा दान गर्नुपर्छ ।
इस्लामिक महिना सवाण समाप्तपछि अर्थात् ३० दिन अघि रमजानको पहिलो चन्द्रमा ९चाँद० मुस्लिम समुदायले देखे पछि रोजा ९ ब्रत ०बस्ने क्रम शुरु भएको थियो । इस्लाम धर्मका ५ वटा अधार स्तमभ इमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रा नम्बरको हो । यसैबीच इर्दको अवसरमा मंगलबार संघीय सरकारले सार्वजनिक बिदा दिएको छ ।





















