म्यादी प्रहरीलाई सम्मानजनक ब्यबहार गर्न गृहमन्त्रीको निर्देशन
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह भर्ना भएका म्यादी प्रहरीलाई सम्मान जनक ब्यबहार गर्न निर्देशन दिनुु भएको छ । उहाँले अस्थायी भर्ना गरीए पनि म्यादी प्रहरीको भुमीका महत्वपुर्ण रहेको र उनिहरुलाई काममा लगाउदा सिष्ट र भ्रद ब्यबहार गर्न उहाँले आग्रह गर्नुु भएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा गृहमन्त्रीको उपस्थितिमा भएको सुरक्षा निकायको बैठकमा उहाँले सुरक्षा ब्यबस्था चुुस्त बनाउन समेत सुरक्षा निकायलाई निर्देशन दिनुुभएको छ ।
खाँणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदानस्थलमा खटिएका कर्मचारी लगायत आमनागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबै तयार रहन निर्देशन दिनुुभयो ।
बैठकमा खाँणले चारवटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान आग्रह गर्नुुभयो । मतदानस्थल, मतपेटिकको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गर्दै मन्त्री खाँणले भन्नुुभयोे, ‘समन्वय, सहकार्य सबैभन्दा महत्वपूर्ण हुन्छ, तपाइँहरुमा यो हुन जरुरी हुन्छ ।’
उहाँले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अति संवेदनशिल, संवेदनशील क्षेत्रहरुको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन दिएको गृहमन्त्री खाँणको भनाई उद्धृत गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुुभयो ।
बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता थियो । यस्तै, तीनवटै जिल्लाका सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको पनि सहभागिता थियो ।
रुपन्देहीका प्रमु्ख जिल्ला अधिकारी तिवारीले चारवटै सुरक्षा निकाय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । साथै सुरक्षा अधिकारीले निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्न लागिपरेको बताएका थिए ।
रुपन्देहीमा २०८ मतदानस्थल कायम गरिएका छन् । तीमध्ये ६३ अतिसंवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मीको व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले जनकारी दिनुुभयो । रुपन्देहीमा ६ लाख ३२ हजार ३६० मतदाता छन् । २०७४ सालको चुनावको तुलनामा करिब १ लाख मतदाता रुपन्देहीमा थपिएका छन् ।





















