६५ जिल्लामा मतपत्र ढुवानी, शुक्रबारसम्म देशभर नै ढुवानी सकिने

खबरपथ संवाददाता
२१ बैशाख २०७९, बुधबार १३:३६

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएको छ । लक्ष्य अनुसारको मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएको छ ।

आयोगको उपसचिव ऋषिराम भुषालका अनुसार लक्ष्य अनुसारको मतपत्र छपाई कार्य सम्पन्‍न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको छ । पुनः छपाई भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने उनले जानकारी दिए ।

आयोगले हालसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ । आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार अब मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानी
गर्न बाँकी रहेको छ ।

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*