भ्रष्टाचार बिरुद्ध शुन्य शहनसिलता : खान
भैरहवा । नेपाली कांग्रेसको तथा गठबन्धनका तर्फबाट सिद्धार्थ नगरका मेयर पदका उम्मेदवार ईस्तियाक अहमद खानले नगरको बिकासमा भ्रष्टाचार बिरुद्ध शुन्य सहनसिलता अवलम्बन गरी सेवालाई चुस्त दुुरुस्त पारीने बताएका छन् । भ्रष्टाचार र सुस्त सेवा प्रभावह नै मुलक र नगर बिकासको मुख्य समस्या रहेको औलयाउदै उनले कार्यालयलाई सेवा ग्राही मैत्री बनाई नगरबाट दिईने सेवा प्रभावलाई चुस्त पारीने बताएका हुन् । बुधवरा घरदैलोको क्रममा बडा नं ७ र १२ का मतदाताहरुसगं आफ्नो प्रतिबद्धता जाहेर गर्दै आफुु निर्वाचीत भएको छ महिना भित्र नगरपालीकाको दिर्घकालीन योजना बनाएर कार्यान्वयन गर्ने समेत बताए । उनले सेवा ग्राहीका गुनासो समवोधनका लागी सवै बडामा गुनासा पेटीका राखी सोको कार्यान्वयन गर्ने बताए । सविधान सभा सदस्य समेत रहेका मेयरका उम्मेदवार खानले आधुनीक प्रविधी युक्त अभिलेखहरु सजिलै उपलब्ध हुने गरी ब्यवस्थित गरीने बताए । उनले नगरभित्रका सामुदायीक बिद्यालयमा पठन–पाठन गर्ने मावी तहसम्मका बिद्यालयमा कुनै पनि प्रकारको शुल्क नलीई निशुुल्क शिक्षालाई ब्यबहारीक रुपमा लागुु गर्ने प्रतिबद्धता समेत मतदाबिच राखेका छन् । त्यस्तै सामुदायीक बिद्यालयको गुणस्तर बृद्धीकालागी समेत आवश्यक तालीम, शैक्षीक सामाग्रीको ब्यबस्थापन गर्ने समेत उनले बताए ।
उनले अध्यनसगै स्व–आर्जनकालागी नगर स्तरीय प्राविधीक क्याम्पस सचांलन गर्ने उद्घोष गरेका छन् । उनले उच्च शिक्षा अध्यनका लागी गरिव, पिछडा बर्ग तथा अल्पसङख्यक समुहमा रहेका छात्राछात्रलाई छात्रबृतीको ब्यबस्था गर्ने र बिशेष क्षमता भएका बिद्यार्थीहरुलाई बिशेष अध्ययनको ब्यबस्था गरीने समेत बताए । उनले स्वस्थ्य जिवनका लागी आवश्यक ब्यायाम स्थलको ब्यबस्थापन, सवै वडाहरुमा रहेका स्वास्थ चौकीको गुणस्तर बृद्धी गर्ने, प्रतयेक बडामा सुलभ औषधी पसल सचांलन गर्ने समेत बताए ।
त्यस्तै उपमेयर पदका उम्मेदवार माओबादी केन्द्रकी नेतृ कमला थापाले वेरोजगार तथा सिप बिहीन युवाको लागी सिपमुलक तालीम केन्द्र स्थापना गरीने बताईन् । उनले मदरसा शिक्षलाई समयानुकुल बनाई आवश्यकता अनुसार सामुदायीक बिद्यालयमा एक जना नर्सको ब्यबस्था गरीने समेत बताईन् । उनले अपाङ्गता भएका बिद्यार्थीहरुका लागी बिशेष प्रोत्साहन भत्ताको ब्यबस्थापन गर्ने, बडा नं २ मा रहेको बाल बहिरा बिद्यालयलाई बिषेस योजनाका साथ ब्यबस्थित गर्ने, नगर क्षेत्रका कक्षा १० सम्मका बिद्यार्थीहरुकालागी रोजगारकालागी वायरीङ्ग, प्लाम्बिङ्ग, कुक, वेयटर, कटाई, सिलाई बुनाई सिप मुलक तालीमको ब्यबस्था गर्ने बताईन् । बिद्यार्थीहरुलाई नैतिक शिक्षा र स्थानीय तह, आफ्नो नगरपालीका जानकारी गराउने उदेश्यले बिज्ञहरुको सहयोगमा स्थिानीय पाढ्य पुस्तक निमार्ण गरी नगर भित्रका बिद्यालयमा लागुु गर्ने उनले बताईन । नेपाली कांग्रेस सिद्धार्थनगरका नगर सभापति कोशिस बहादुर खड्काले गठबन्धनको मेयर, उपमेर सहीतको घरदैलोमा नगरबासीबाट सकारात्मक प्रतीकृया आएको र कांग्रेस मात्र नभई आम नगरबासीमा उत्साह छाएकाले गठबन्धनको जित सुनिश्चित भएको बताए ।






















