भक्तपुरका बौद्ध सम्पदा अध्ययन गर्न साइकल यात्रा हुँदै
भक्तपुर ।बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती समारोह समिति, मुनि विहार भक्तपुर तथा साइकल कनेक्ट भक्तपुरको संयुक्त आयोजनामा भक्तपुरमा रहेका बौद्ध सम्पदाको साइकलमार्फत अध्ययन भ्रमण हुने भएको छ ।
३१ वैशाखमा बिहान ७ बजे भक्तपुर इनाचोमास्थित मुनि बिहारबाट शुरू हुने यात्रामा सहभागीले भक्तपुरका विभिन्न महाविहार, बाहा, बही तथा चैत्यहरूको अध्ययन भ्रमण गर्ने छन् ।
साइकल यात्रा धर्मोत्तम महाविहार९मुनि विहार० खँचाबाट सुरू भइ इन्द्रवर्ण महाविहार इनाचो, मंगल धर्मदीप महाविहार९ झौरबही० गोलमढी, लुँ बहा, सुकुलढोका चतुरब्रह्म महाविहार साकोठाबाट टौमढी हुँदै अखण्डशील महाविहार–बोलाछेँ, नासमना पुग्नेछ । त्यहाँंबाट पुनः खौमा बहा–खौमा, पद्मपानी लोकेश्वर (लस्क द्य)– इनाछेँ, जेतवर्ण महाविहार – तेखापुखु, कुटु बही– भार्वाचो, थथु बही–नः पुखू, पुण्य जेतवन महाविहार– इटाछे पुग्नेछ । त्यहाँंबाट पुनः भक्तपुर दरबार स्वायर–बालाखु–त्रिपुरासुन्दरी–छुमागणेश–महालक्ष्मी–वाउँ बहा, बेखाल, प्रशन्नशील महाविहार– क्वाथन्दौबाट नवदुर्गा– गछें पुग्नेछ । त्यहाँंबाट पुनः आदिपद्म महाविहार–सूर्यमढीबाट जेंंला–वाचु टोल हुँदै पुनः मुनिविहारमा पुगेर समापन हुने छ ।
सम्पदा अध्येता तथा लेखक गणेशराम रञ्जितले कार्यक्रमका सहभागीलाई भक्तपुरमा रहेका विभिन्न बौद्ध सम्पदा सम्बन्धित इतिहास तथा किंवदन्तीकोबारे यात्राको दौरान जानकारी दिनेछन् । भक्तपुरका युवा पुस्तालाई यहाँका सम्पदाको विषयमा ज्ञान दिन र सम्पदाको महत्व संरक्षणकोबारे सचेत बनाउन अध्ययन भ्रमण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी भएर सम्पदाबारे अध्ययन अवलोक गर्न तथा भक्तपुरमा साइकल संस्कृतिलाई विकास गर्न सबैलाई निमत्रणा गर्दै भगवान बुद्धको शान्ति, मैत्री र करूणाको सु–सन्देश फैलाउन सबैले योगदान गर्न आयोजककोतर्फबाट साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले आह्वन गरेका छन् ।





















