कांग्रेस उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु

खबरपथ संवाददाता
३० बैशाख २०७९, शुक्रबार १७:४९

काठमाडौं।रूकुम पश्चिममा नेपाली कांग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।

जनककुमार बाँठामगर सवार गाडिबाट बाफिकोट गाउँपालिका-७ मा ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको हो । लु३च ३३६ नम्बरको गाडीले ठक्कर दिँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

नेता वाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा मत हाल्न मतदान केन्द्रतिर जाँदै गरेका खत्रीलाई गाडीले ठक्कर दिएको थियो । प्रहरीले गाडी चालक देवराज शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*