एउटा वडामा मतगणना गर्न १२ घण्टा

खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार १५:१८

मुगु ।मुगुमा एउटा वडाको मात्रै मतगणना गर्न १२ घण्टाको समय लागेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १४ बामको मतगणना गर्न १२ घण्टा लागेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले शुक्रबार राति ११:३० बजेको समयमा मतगणना सुरु गर्ने भने पनि राति २ बजेबाट मतगणना सुरु गरिएको थियो ।

तर, १२ घण्टा बितिसक्दा पनि १४ वडाको मतगणना सम्पन्न हुन सकेको छैन । राति २ बजे बाट सुरु भएको मतगणना हालसम्म ५९९ मत मात्र गणना भएको छ भने अझै २६८ मतगणना गर्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*