स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित

खबरपथ संवाददाता
१ जेष्ठ २०७९, आईतवार १५:२५

भरतपुर । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेको आपत्तिपछि भरतपुरको मतगणना स्थगित भएको छ ।

एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*