ढकारी गाउँपालिका अध्यक्षमा कांग्रेसका साउँद विजयी

खबरपथ संवाददाता
२ जेष्ठ २०७९, सोमबार ०६:३०

अछाम। अछामका ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रकाश बहादुर साउँद र उपाध्यक्षमा नेत्रकलादेवी शाही विजयी भएका हुन्।

साउँदले ३ हजार १ सय ८१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर शाहीले २ हजार ५ सय ५५ मत पाए।

उपाध्यक्षमा कांग्रेसकै शाहीले ३ हजार १ सय मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका मायादेवी बुढाले २ हजार ५ सय ७३ मत पाइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*