काठमाडौं महानगरपालिका : स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै

खबरपथ संवाददाता
४ जेष्ठ २०७९, बुधबार ०९:४८

काठमाडौं। काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् ।

त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेका छन् । अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*