वडा अध्यक्षका उम्मेदबार पूर्वपत्रकार उपेन्द्र केसी पराजित

खबरपथ संवाददाता
४ जेष्ठ २०७९, बुधबार १९:५८

भक्तपुर ।भक्तपुरको सूर्यविनायक नगरपालिका(९ मा नेकपा एमालेकातर्फबाट वडा अध्यक्षका उम्मेदबार पूर्वपत्रकार उपेन्द्र केसी पराजित भएका छन् ।

२०७४ सालको स्थानीय निकायको निर्वाचनमा सोही वडामा एमालेबाटै वडा अध्यक्षमा निर्वाचित केसी यस पटक पराजित भएका हुन् । पत्रकार केसी एमाले समर्थित छलफल साप्ताहिकका सम्पादक थिए ।

२०७४ मा वडा अध्यक्षमा विजयी भएपछि उनी पत्रकारिता छोडेर बसेका थिए । यो वडामा यो पटक नेपाली कांग्रेसकोतर्फबाट उम्मेदवरी दिएका भगवान खत्री बिजय भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*