बुटवलका मिलन चौकमा बम विस्फोट गराएको आरोपमा ३ जना पक्राउ

खबरपथ संवाददाता
४ जेष्ठ २०७९, बुधबार २२:०३

बुटवल । स्थानीय तह निर्वाचनको अघिल्लो दिन बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । विस्फोट गराएको आरोपमा नेकपा माओवादी माओवादी नामको पार्टीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको प्रहरीको दाबी छ ।

पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल (कमरेड नेपाल), केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।बैशाख २८ गते साँझ ८ बजे बुटवल-९ मिलनचोकमा रहेको आकाशे पुल मुनी प्रेसरकुकर बम बिस्फोट गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले बताए । प्रहरीले बुटवलमा पत्रकार सम्मेलन गरेर माओवादी कार्यकर्ताहरुलाई पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ परेकाहरुलाई जेठ १ गते बुटवलको नयागाउँ क्षेत्रको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको एसपी रेग्मीले बताए ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले मोटरसाइकल ३ वटा, कुकर २ थान, मोबाइल ३ थान, बम बनाउन प्रयोग गरिने केही सामाग्री समेत बरामद गरेको छ ।

उनीहरुबाट नेपाल बन्द सफल पारौ, चुनावलाई बहिस्कार गरौं जस्ता लेखिएको पम्लेट समेत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिछेद ७ बमोजिम विस्फोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दायर गरि थप अनुसन्धान अघि बढेको प्रहरी प्रमुख रेग्मीले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*