३ मत अन्तरमा वडा अध्यक्ष बिजयी

खबरपथ संवाददाता
४ जेष्ठ २०७९, बुधबार २२:११

उदयपुर । बेलका नगरपालिका ४ मा वडा अध्यक्षमा ३ मत अन्तरले तीर्थराज अधिकारी बिजयी भएका छन् । नेपाली काग्रेसबाट उम्मेदवारी दिएका अधिकारीले ३ मतको झिनो अन्तरले प्रतिस्पर्धी एमालेका कोपिलाप्रसाद अधिकारीलाई पराजित गरेका छन् । विजेता तिर्थराज अधिकारीले ५०६ मत प्राप्त गर्दा एमालेका कोपिलाप्रसाद अधिकारीले ५०३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीका जीतबहादुर मगरले ४०८ मत, नेकपा माओवादी केन्द्रका बिदुर दाहालले ३२७ मत, राष्ट्रिय प्रजातन्त्र पाटीका एकलब्य गुरुङले २०३ मत, किराँत खम्बुवान साझा पाटीले १० मत प्राप्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*