बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेको ६ हजार बढी मतको अग्रता

खबरपथ संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार १४:००

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ६ हजार बढी मतान्तरले अग्रता लिएका छन् ।

उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेस मेयरका उमेद्धवार पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले १७ हजार ३९ मत पाएका छन् । पाण्डेय ६३९४ मतले अघि छन् ।

उपमेयरमा भने एमालेकी सावित्रा अर्याल निकटतम प्रतिस्पर्धी भन्दा ५४५६ मतले अघि छन् । अर्यालले १८ हजार ८७५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १३ हजार ४१९ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*