भक्तपुरका जनप्रतिनिधिहरूद्धारा शपथ

खबरपथ संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार १९:३१

भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ ग्रहण गरेका छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । शपथपछि उनीहरूले पनि पदभार ग्रहण गरेका छन् ।

भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले निर्वाचित भक्तपुर नपाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसपछि नगर प्रमुख प्रजापतिले नवनिर्वाचित उपप्रमुख रजनी जोशी तथा भक्तपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराए ।

शपथ ग्रहण गरेका वडाध्यक्षहरूमा भक्तपुर नपा वडा नम्बर १ का श्यामकृष्ण खत्री, वडा नम्बर २ का हरि प्रसाद बासुकला, ३ वडाका राजकृष्ण गोरा, वडा नम्बर ४ का उपेन्द्र सुवाल, वडा नम्बर ५ का योगेन्द्रमान बिजुक्छेँ, वडा नम्बर ६ का हरिराम सुवाल, वडा नम्बर ७ का उकेश कवां, ८ वडाका कृष्ण प्रसाद कोजु, ९ वडाका रवीन्द्र ज्याख्व र १० नम्बर वडाका लक्ष्मी प्रसाद ह्यौंमिखा रहेका छन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले जनप्रतिनिधिहरूले जनताको सेवामा एम्बुलेन्स र दमकल सरह खट्नुपर्नेमा जोड दिए । भक्तपुर नरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेको कामहरू यस कार्यकालमा पूरा गर्ने बचनबद्धता व्यक्त गरे ।

सपथ ग्रहण पश्चात आ–आफ्नो पदभार सम्हाले । शपथ ग्रहणपश्चात् नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा पहिलो कार्यपालिका बैठक बस्यो । बैठकले देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि भएका विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा साहादत्त प्राप्त गरेका ज्ञात अज्ञात सम्पूर्ण सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै जनअधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनहरूमा घाइते भएका वीर योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*