निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै राष्ट्रपतिद्वारा धन्यवाद ज्ञापन

खबरपथ संवाददाता
१० जेष्ठ २०७९, मंगलवार १७:३४

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताएकी छिन् ।

आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रको आधार स्तम्भ रहेको स्थानीय तह निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न भएको बताइन् ।

उनले सरकार र निर्वाचन आयोगलाई धन्यवाद समेत ज्ञापन गरेकी छिन् ।

निर्वाचन सफलतापूर्वक सम्पन्‍न भएको पृष्ठभूमिमा संसद्को दुवै सदनलाई सम्बोधन गर्न पाउँदा उनले खुसी समेत प्रकट गरेकी छिन् ।

निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता भएको र सबै दल सहभागी भएको भन्दै हुनुलाई सकारात्मक भएको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*