बारामा करेन्ट लागेर एक जनाको मृत्यु

खबरपथ संवाददाता
११ जेष्ठ २०७९, बुधबार १०:५३

बारा । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देबताल गाउँपालिका वडा नम्बर ३ छोटकी अम्वा बस्ने ४० वर्षीय राम प्रबेश महतो रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि यनयमसी अस्पताल बीरगंज पठाइएको थियो ।

आफ्नो घरमा जडान गरेको पानी फाल्ने मोटर बनाउने क्रममा सर्ट भई करेन्ट लागि गम्भीर घाइते भएका महतोको यनयमसी अस्पताल बिरगंजमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*