बारामा पिकअपको ठक्करले पैदल यात्रुको मृत्यु

खबरपथ संवाददाता
११ जेष्ठ २०७९, बुधबार २२:२२

बारा । बाराको निजगढ नगरपालिकामा पिकअपको ठक्करबाट निजगढ नगरपालिका-९ बस्ने सिताराम आचार्यको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गबाट दक्षिणतर्फको गौरी शंकर क्याम्पस स्थित भित्री सडक खण्डअन्तर्गत निजगढ नगरपालिका-९ मा बा प्रदेश ०३-००१ च ११४६ नम्बरको पिकअपले ठक्कर दिँदा सोही ठाउँ बस्ने आचार्यको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

पिकअप र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*