मुस्ताङका सिडिओ भन्छन् : टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौं

खबरपथ संवाददाता
१५ जेष्ठ २०७९, आईतवार १२:११

पोखरा। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङ स्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ । लेते नजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौं,’ उनले भने, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ । स्थानीयले ठूलो आवाज त्यहाँ आएको भनेका छन् ।’ जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर उडिसकेको बताइएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*