वेपत्ता तारा एयरको अवस्था अझै अज्ञात : नागरिक उड्डयन प्राधिकरण

खबरपथ संवाददाता
१५ जेष्ठ २०७९, आईतवार १९:४३

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन तार एयरको विमानको अवस्था अझै अज्ञात रहेको बताएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले विमानको खोजीलाई जारी राखिएको भए पनि हालसम्म अवस्थाबारे थाहा नभएको जनाएको हो ।

‘ट्वीनटर विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रीत गरिएकोमा खराब मौसम र जटिल भूगोलका कारण हालसम्म अवस्था अज्ञात रहेको छ,’ उड्डयन प्राधिकरणले भनेको छ, ‘२४ सै घन्टा रेस्क्यू कोअर्डिनेसन सेन्टर खुला रहनेगरी खोजविन कार्यलाई स्थल एवं हवाई माध्यमबाट सघन बनाउने व्यहोरा समेत जानकारी गराइन्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*