आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्दै सेना

खबरपथ संवाददाता
१६ जेष्ठ २०७९, सोमबार ०७:२४

काठमाडौं । उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी बिहानै खटिएको छ । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको थियो ।

तर, नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन ।

सोमबार बिहानैबाट खोजीलाई निरन्तरता दिइएको छ ।

२२ जना यात्रु सवार कल साइन ‘९ एन–एइटी’ को विमान आइतबार बिहान १०स्७ बजेदेखि सम्पर्कविहीन बनेको थियो । विमान जोमसोमका लागि उडे पनि सम्पर्कमा नआउदा दुर्घटनामा परेको आशंका गरिएको छ । म्याग्दीस्थित मानापाथी हिमालको फेदीतिर दुर्घटना भएको आशंका गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*