तारा एयरको विमान थासाङ–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला
खबरपथ संवाददाता
१६ जेष्ठ २०७९, सोमबार ०७:५८
काठमाडौं । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण प्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।
‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले न्युज कारखानासँग भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।





















