दाङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

खबरपथ संवाददाता
१६ जेष्ठ २०७९, सोमबार १०:५७

दाङ । दाङको राप्ती गाँउपालिका–४ श्रीनारायण चोकमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ५२ वर्षीय बलु गिरी रहेका छन् ।

अस्थाई नम्बर प्लेटको मिनि ट्रकले आज बिहान पौने ६ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो ।

सवारी दुर्घटनामा संलग्न ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*