सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

खबरपथ संवाददाता
१६ जेष्ठ २०७९, सोमबार १२:२६

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो ।

नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोमबारबाट आवेदन खुला हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*