ग्रामीण कर्जा बिमा सेवा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण

खबरपथ संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार ०७:५९

सैनामैना । निर्धन उत्थान लघुबित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय रामापुरद्वारा सैनामैना वडा नं.१ रानिकुवा महिला समूह कि सदस्य स्व.मधुमाया ढेगाको परिवारलाई मृत्यु पर्यन्त पाउनु पर्ने क्षतिपूर्ति बापत को रकम हस्तान्तरण गरेको छ । स्व.मधुमायाका श्रीमान टेक बहादुर ढेगाले क्षतिपुर्ती स्वरुप बाह्र लाख पचास हजार एक सय रुपैया प्राप्त गर्नु भएको हो ।

बुधबार एक कार्यक्रमका बिच निर्धन उत्थान लघुबित्त वित्तिय संस्था लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाका कार्यक्रम अधिकृत पुन्यात्म शुक्ला ,सैनामैना नगरपालिका वडा नं.१ का वडा अध्यक्ष भुवन बहादुर क्षेत्री , जनप्रतिनिधिहरु, शाखा कार्यालय रामापुरका कर्मचारी ,स्थानीय बुद्धिजीवी , अभिभावक , ग्राहक सदस्य लगायतको उपस्थितिमा क्षतिपूर्ति बापत को रकम हस्तान्तरण गरिएको हो ।


रकम हस्तान्तरण गर्दे प्रमुख अतिथी वडा नं.१ का वडा अध्यक्ष भुवन बहादुर क्षेत्रीले निर्धन उत्थान लघुबित्त वित्तिय संस्था लिमिटेडले परिवारको सुरक्षामा महत्वपूर्ण योगदान पुगेको बताउनु भएको थियो । हाल यो संस्था देशको ७७ जिल्लाभर १८५ वटा शाखा कार्यालय मार्फत ग्रामीण तथा पिछडिएको महिलाहरुलाई सदस्य बनाई कर्जा बचत ,विप्रेषण ,ग्रामिण बिमा सेवा उपलब्ध गराउदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*