माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा

खबरपथ संवाददाता
९ असार २०७९, बिहीबार १३:२१

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयरधनी भरत कुमार नेपालले आफ्नो नाममा रहेको एक लाख ६४ हजार १३१ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यसअवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*