शंकरनगर खानेपानीको २४ औं बार्षिक साधारण सभा तथा नवनिर्वाचित जनप्रतिनिधी सम्मान कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
१ भाद्र २०७९, बुधबार २२:३७

बुटवल । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमाको २४ औं बार्षिक साधारण सभा तथा नवनिर्वाचित जनप्रतिनिधी सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अथिति तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले कुनै पनि संस्था सफल हुनका लागी सुशासन, पारदर्सिता , जवाफदेहिता र गतिशिलता हुनुपर्ने बताउनु भएको छ । उहाँँले खानेपानी संस्थाहरुले पनि यि कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो ।

मेयर खाँणले तिलोत्तमा भित्रका खानेपानी संस्थाहरुले उपभोक्तालाई सस्तो र राम्रो पानी प्रदान गर्नेमा ध्यान पु¥याउनु पर्ने बताउनुभयो । उहाँले शुद्ध र प्रयाप्त खानेपानी हरेक जनताको पहुचमा पु¥याउन खानेपानी संस्थाहरु लाग्नुपर्ने पनि बताउनुभयो । मेयर खांडले खानेपानीको दररेटमा एकरुपताका लागी आफूले तिलोत्तमा भित्रका सबै खानेपानी संस्थाका प्रमुखहरुलाई छलफलमा बोलाएको बताउनुभयो ।

मेयर खाँडले तिलोत्तमाको विकाशका लागी सबैले हातेमालो गरी अगाडी बढ्नु पर्ने बताउनुभयो । उहाँले पहिलेको सरकारले गरेका राम्रा कार्यलाई आफूले निरन्तरता दिईने पनि बताउनुभयो । त्यसैगरी उहाँले खानेपानी संस्था र सामुदायिक बनहरुलाई मर्ज गर्नुपर्ने पनि बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ठि अथिति तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वर देवी चौधरीले मौलीक अधिकारको रुपमा रहेको पानी हरेक ब्यक्तिको पहुचमा पु¥याउन खानेपानी संस्थाहरुले कार्य गरिरहेकोमा प्रसंशा गर्दे यस कार्यलाई अझ धेरै भन्दा धेरै जनतामाझ सेवा प्रभाव गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका अथिति खानेपानी तथा सरसफाई डिभिजनका प्रमुख गुणनिधी पौडेलले खानेपानी तथा सरसफाई मौलिकहक र स्वास्थ संग सम्बन्धित बस्तु भएकाले खानेपानीको परिक्षणमा र ल्यावका कुरामा बढि ध्यान पु¥याउनुपर्ने बताउनुभयो । पानी जनताको नैसर्गिक अधिकार भएकाले खानेपानी संस्थाहरुले धेरै भन्दा धेरै उपभोक्ताहरुलाई पानी प्रदान गर्नमा लाग्नु पर्ने बताउनुभयो । उहाँले खानेपानीका ११ वटा आयोजनाको कार्य भएको र २ बर्ष भित्र आधारभूत रुपमा जनसमुदाय भित्र पानीको पहूच पु¥याउने लक्ष्य रहेको बताउनु भयो ।

त्यसैगरी अथिति संघीय खानेपानी तथा ढल ब्यवस्थाका निमित्त प्रमुख ईं अतुलेष कुमार कर्णले शुभकामना ब्यक्त गर्दे खानेपानी संस्थाहरुको दररेटमा एकरुपता ल्याउन खानेपानी महसुल निर्धारण आयोगबाट पदाधिकारी बहाल भई बैज्ञानिक स्तरको दररेट निर्धारण गरिने बताउनुभयो ।

 

साधारण सभामा शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी अथितिहरु जिल्ला खानेपानी महासंघ रुपन्देहीका अध्यक्ष ध्रुर्व कुमार धिताल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष बेद प्रसाद शर्मा , राष्ट्रिय जनमुक्ती पार्टीका नगर कोषाध्यक्ष गिरी प्रसाद राना, राजमो का नगर अध्यक्ष रुक बहादुर पराजुली ,आनन्दबन शंकरनगर खानेपानीका अध्यक्ष केशव राज न्यापाने , निवर्तमान अध्यक्ष हरि तिवारी, तिलोत्तमा वडा नं. २ का अध्यक्ष डिल बहादुर भट्टराई, पार्षद काशीराम काफले, पार्षद दुर्गा देबी खड्का लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई खादा र प्रमाण पत्रले सम्मान गरिएको थियो । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष केशव प्रसाद शर्माको स्वागत र संस्थाकी सचिव कमला ज्ञवालीले सहजिकरण गर्नुभएको थियो ।

बुधवार होटल पौवामा भएको साधारणसभामा संस्थाका कोषाध्यक्ष मित्रलाल न्यौपानेले गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

कार्यक्रममा संस्थाका पार्षदहरु, कर्मचारीहरु, सल्लाहकारहरु र संचारकर्मीहरुको उपस्थिती रहेको थियो । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ७१७४ धारा जडान भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*