रोट्रयाक्ट डाउनटाउनको नेत्रहीन संघसंग तिज मिलन

खबरपथ संवाददाता
१३ भाद्र २०७९, सोमबार १४:४३

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले तिज मिलन तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । क्लबले बुटवल ढवाहमा रहेको रुपन्देही नेत्रहीन संघको कार्यलयमा रहेका दृष्टि विहिनलाई दर खुवाउने तथा खाद्यन्न सहयोग गरेको छ ।
महिलाहरुको विशेष चाड तिजको अवसर पारी क्लबले नेत्रहीन संघमा दर खुवाउने कार्यक्रम गरेको कार्यक्रम संयोजक सुरक्षा आचार्यले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका पुर्व अध्यक्ष अजित घतानेले क्लवले पछिल्लो समय समाजमा रहेका फरक रुपमा क्षमतावात संघ सस्थाहरुमा क्लबले दर खुवाउने कार्यक्रम मनाउदै आएको र यस वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिएको प्रति धन्यबाद दिदै कार्यक्रमको प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेत्रहीन संघ रुपन्देहीका अध्यक्ष पुर्ण बहादुर थापाले तिजको अवसरमा आफुहरुलाई सम्झिएर तिज मिलन तथा दर खुवाउन आएको प्रति क्लबलाई धन्यवाद दिएका थिए साथै आफुहरु दृष्टि विहिन हुदा हुदै पनि पछिल्लो समय समाजमा अपहेलित र अवसरबाट बाहेक रहेको र अहिले विभिन्न संघ संस्थाहरुले गर्दा आफुहरुले पनि समाजमा स्थान पाएको र आफ्ना प्रतिक्रियाहरु अभिव्यक्त गर्न पाएको प्रति खुसि व्यक्त गरे ।
क्लवका अध्यक्ष सौरभ भुषालले फरक रुपमा क्षमतावात भएका संस्थामा रहेका व्यक्तिहरु जीवन जिउने प्रेरणाको स्रोत भएको बताएका थिए । साथै क्लबले त्यस संस्थामा रहेका दिदिवहिनि हरुसंग तिजका मैलिक संस्कृतिका गित गाई नाचगान गरेको बताउदै क्लबले स्वार्थ माथि सेवा भावलाई आत्मसाथ गरी कार्यक्रम आयोजना गरेको बताए ।
उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव माधव अर्यालले गरेका थिए भने क्लबका उपाध्यक्ष महेश खनालले स्वागत मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*