श्री नेवाः पुचः मा पुन: काजीमान श्रेष्ठ

खबरपथ संवाददाता
१९ भाद्र २०७९, आईतवार १२:३६

बुटवल । श्री नेवाः पुचः (नेवाः समाज विकास परिषद्) केन्द्रिय कार्यसमिति बुटवल, रुपन्देहीको २२ र्औ साधारण सभा तथा आठौ अधिवेशन नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा पुनः काजीमान श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

शनिबार बुटवलमा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । जस्को वरिष्ठ उपाध्यक्षमा कल्याणी लाकौल, उपाध्यक्षमा रविन्द्र कक्षपति, सचिव लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष चिरञ्जिवी श्रेष्ठ र सहसचिव मोती प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा दिल्ली कुमार श्रेष्ठ, अजय श्रेष्ठ, हिरा कुमारी श्रेष्ठ, निर्मला श्रेष्ठ, दिव्य राजभण्डारी, शमा श्रेष्ठ, टुप्ला श्रेष्ठ, दीपक कुमार श्रेष्ठ, आनन्द भगत श्रेष्ठ, सीता श्रेष्ठ, विक्रम राजभण्डारी र लक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ ।

आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवल क्षेत्रका सबै समुदायका भाषा र संस्कृतिलाई संरक्षण र प्रवर्धन गर्न बुटवल नगर लागि पर्ने बताउनु भएको छ । उहाँले सबै सुमदायसंग सहकार्य गरेर नगर अगाडि बढ्ने समेत बताउनु भयो । राष्ट्रभाषा संरक्षणका लागि बुटवल उपमहानगरपालिकाको नागरिक बडापत्र समेत बुटवलमा मूख्य बाहुल्य जनसंख्या रहेको जाति तथा समुदायको भाषा तथा लिपिमा पनि लेखीने योजना रहेको बताउनु भयो । सो अवसरमा नेपाल आादिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा, श्री नेवाः पुचः (नेवाः समाज विकास परिषद्) केन्द्रिय कार्यसमिति बुटवल, रुपन्देहीका निवर्तमान अध्यक्ष ज्ञानु लिगल लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*