मिडियाको भूमिकाबारे अन्तरसंवाद

खबरपथ संवाददाता
२७ आश्विन २०७९, बिहीबार २०:०३

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले विहिबार वर्तमान अवस्थामा मिडियाको भूमिका बिषयक अन्तरसंवाद कार्यक्रम गरेको छ । बर्तमान अवस्थामा मिडियामा आर्थिक संकट, जनशक्ति अभावसँगै पत्रकारिताको मूल्य मान्यतामा ह्रास आएको भन्दै मिडिया सञ्चालक र पत्रकारहरु सजग हुने बेला आएकोमा जोड दिइएको छ ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेयले पत्रकारमाथि कन्टेन्टले भन्दा पनि पत्रकारको कन्टेक्स र क्यारेक्टरले जोखिममा रहेको बताए । उनले पत्रकारलाई राजनीतिक दलहरुले प्रयोग गर्ने भएकाले निर्वाचनको बेलामा सजग हुन समेत आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार हरि लम्सालले पत्रकार पार्टीको कार्यकर्ता भन्दा समाजले विश्वास गर्न छोडेको बताए । अर्का पूर्व अध्यक्ष दीपक ज्ञवालीले पत्रकारहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने बताए । महासंघका पूर्व अध्यक्ष एंव सल्लाहकार शेरबहादुर केसीले मिडिया हाउस चुस्त रुपमा सञ्चालन गर्न नसके बन्द गर्दा मिडियाको दीगोपनामा समस्या नआउने बताए ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष सल्लाहकार, विभिन्न पत्रकार सम्बद्ध संगठन र मिडिया हाउसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले आगामि निर्वाचनमा संयमित भएर पत्रकारहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार माधव नेपाल, राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी संयोजक विष्णु भुसाल, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष कमल रायमाझी, प्रगतीशिल पत्रकार संघका केन्द्रीय संयोजक श्यामलाल पोखरेल, समाजवादी प्रेस संगठन रुपन्देहीका सहसंयोजक उषाकिरण पन्थ, संघीय पत्रकार परिषदका रुपन्देही अध्यक्ष सोनु थापा, लुम्बिनी टेलिभिजनका अध्यक्ष एजाज आलम, समता टिभिका प्रमुख नरेश केसी, रेडियो लुम्बिनी तथा तिलोत्तमा टिभिका प्रमुख मिनाक्षी न्यौपाने, रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारी, रेडियो समावेशीका मिलन गाहा, रेडियो खस्यौलीका स्टेशन म्यानेजर सुमन श्रेष्ठ, साझा टिभिका भुवन जिसिले बोल्दै मिडिया हाउसको संरक्षणसँगै पत्रकारहरुको पेशागत सुरक्षामा ध्यान दिनुपर्ने बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत, उपाध्यक्ष अमृता अनमोलको धन्यवाद ज्ञापन तथा सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*