परमानन्द बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा

चक्रपणी डुम्रे
२८ आश्विन २०७९, शुक्रबार २१:३६

तिलोत्तमा । परमानन्द बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा शुक्रवार  सम्पन्न भएको छ ।

रूपन्देहीको तिलोत्तमा १, नयाँमिल स्थित परमानन्द संन्यास आश्रमको सभाहलमा सम्पन्न कार्यक्रममा अध्यक्ष दुर्गा खरेलले वार्षिक प्रतिवेदन गर्दै आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ,२७  लाख,७६ हजार ,५ सय १८ रूपैयाँ ऋण लगानी गरि ९  करोड ३६ लाख ५२  हजार ४ सय ३२ रूपैयाँ ऋण असुल गरिको र आर्थिक वर्षको अन्त्त्य सम्ममा १५८ जना ऋणहरूमा १४ करोड ८ लाख ८३ हजार ८ सय ८१ रूपैयाँ लगानीमा रहेको जानकारी गराउदै असुली दर ९८५ प्रतिशत रहेको जानकारी गराउनु भएको थियो। कार्यक्रममा लेखा समिति सदस्य  डोलराज पाण्डेले  लेखा समितिको तर्फबाट प्रतिवेदन वार्षिक पेस गर्नु भएको थियो भने कोषाध्यक्ष श्याम सुन्दर तिवारीले आर्थिक प्रतिवेदन पेस गर्नु भएको थियो।

कार्यक्रममा सल्लाहकार राजकुमार पाण्डे  ,पूर्व अध्यक्ष गिरीराज पाठक ,तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी , तिलोत्तमा नगरपालिका वडा न.५ का अध्यक्ष रमेश डुम्रे , एफ इ सी धनकोस सहकारीका अध्यक्ष तारानाथ कंडेल ,राष्ट्रिय सहकारी बैंकका ड्राइभरटोल ब्रान्च म्यानेजर यसोदा पौडेल लगायतले सहकारीले छोटो समयमै प्राप्त गरेको सफलताको प्रसंसा गर्दै सहकारीको मर्म र भावनालाई आत्मा साथ गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा संविधान दिवसको अवसरमा प्रबल जनसेवा पदक बाट सम्मानित हुनुहुने दधिराम खरेल र गुणनिधी भण्डारी ,  तिलोत्तमा नगरपालिका वडा न.५ का अध्यक्ष रमेश डुम्रेलाई सम्मान गरिएको थियो । त्यस्तै  विद्यार्थीहरू   कृतिम शर्मा सापकोटा ,स्वीकृति पौडेल ,सुधान्सु भण्डारी ,उत्सुकता गौतम ,आयुस कंडेल ,सुशील भण्डारीलाई पनि संमान गरिएको थियोे । कार्यक्रम सहकारीका अध्यक्ष दुर्गा खरेलको अध्यक्षता, सदस्य लक्ष्मी प्रसाद डुम्रेको स्वागत एवं सदस्य पार्वती भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*