सैनामैना सामुदायिक वनको १९ औ बार्षिक साधारण सभा सम्पन्न
बुटवल । सैनामैना सामुदायिक वन को १९ औ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सामुदायिक बन समुहका अध्यक्ष हुम बहादुर राहादीको अध्यक्षता, जिल्ला डिभिजन वन प्रमुख प्रभात सापकोटाको प्रमुख आतिथ्यता साथै जिल्ला समन्वय समिती सदस्य मन्जु परियार एवम सैनामैना सव डिभिजन प्रमुख मोसाफिर भगतको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यकमको सन्चालन समुहकी सचिव कमला आचार्य पन्थी र स्वागत सहसचिव राम प्रसाद पन्थीले गर्नु भएको थियो ।
समुहका अध्यक्ष हुम बहादुर राहादीले आ.व. ०७८/०७९ को बार्षिक प्रगती प्रतिवेदन साथै कोषाध्यक्ष कासिराम भन्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा ९० बर्ष माथीका ७ जना बृद्ध उपभोक्ताहरुलाई सम्मान, दुर्गा भवानी मा.वि. का १५ जना गरिब तथा बिपन्न उपभोक्तालाई छात्रवृत्ति बितरण, दुई वटा सामुदायिक बिधालयलाई डस्ट्बिन बितरण र निवर्तमान कार्यसमिति एवम लेखा समितिलाई सम्मान गरिएको थियो ।

























