पुरानो बटौलीमा भोज प्रसाद श्रेष्ठको घरदैलो

खबरपथ संवाददाता
२२ कार्तिक २०७९, मंगलवार ०७:१५

बुटवल। रुपन्देही क्षेत्र नं. २ प्रदेशसभा सदस्य पदका उम्मेदवार भोज प्रसाद श्रेष्ठ भोट माग्दै बुटवल वडा नं. १ स्थित ऐतिहासिक पुरानो बटौलीमा जनताको घरदैलोमा पुगेका छन् । सोमबार घरदैलोमा पुगेका श्रेष्ठले आफुले जनताको हितको पक्षमा काम गरेको, बिगतमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, नगर प्रमुख हुँदा गरेको नमुना विकास, कोभिडको समयमा छोटो कार्यकाल स्वास्थ्य मन्त्री हुँदा गरेका उल्लेख्य कामहरु र अब पाँच वर्षमा के गर्ने भन्ने घोषणापत्रमा उल्लेखित २० ग्यारेन्टी नै आफ्नो विगत र भविष्यको योजना रहेको श्रेष्ठले बताए ।

निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, भ्रष्टाचार विरोधी अभियान लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको घरदैलोमा पुगेका श्रेष्ठले बताएका छन् । घरदैलोमा पुगेका श्रेष्ठलाई पहिले सुकुम्बासी आयोगमा रहेर गरेको काम, २०५५ सालमा ज्योतिनगरमा गरेको पहिरो व्यवस्थापन, २०५४ सालमा बुटवल नगरपालिकाको नगर प्रमुख हुँदा गरेको काम साथै कोरोना कालमा गरेको उल्लेख्य काम सम्झिएको बताउँदै निश्चित हुन मतदाताले श्रेष्ठलाई विश्वास दिलाए । यसैबीच औषधि व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*