तटस्थ र इमान्दार भएर जिम्मेवारी पूरा गर्न मतदान अधिकृतलाई आयुक्त डा.तुलाधरको निर्देशन

खबरपथ संवाददाता
२८ कार्तिक २०७९, सोमबार १०:५५

लमजुङ । निर्वाचन आयुक्त डा. जानकारी कुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका मतदात अधिकृत र सहायक मतदान अधिकृतका लागि बेँसीसहरमा आयोजित तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त डा. तुलाधरले आफ्नो जिम्मेवारीलाई तटस्थ, इमान्दार, निष्पक्ष भएर पूरा गरी निर्वाचन सफल बनाउन निर्देशन दिनुभएको हो । आयुक्त डा.तुलाधरले आम मतदाताको पहुँचयोग्य मतदान केन्द्रको स्थापना, सहज वातावरण सिर्जना गर्ने कार्यमा जुट्नलाई समेत निर्देशन दिनुभयो । मतदाताको सार्वभौमिकताको सुनिश्चितता गर्न सहज ढंगले प्रयोग गर्न पाउने किसिमले मतदान केन्द्रको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्दै उहाँले भन्नुभयो, “निर्वाचनको निष्ठालाई उच्च राख्दै उच्च मनोबलका साथ कर्मचारीहरू अघि बढ्नुपर्छ । आयोगले संवैधानिक दायित्व बमोजिम बालिग मतअधिकारको सम्मान, लोकतन्त्रको सुदृढीकरण र जनताको सहभागितालाई सुनिश्चित गर्न आवधिक निर्वाचन सफल बनाउने जिम्मेवारी सफलताका साथ सम्पन्न गर्न विभिन्न योजना, नीति, निर्देशिका, कार्यविधि जारी गरेको छ, त्यसको कार्यान्वयन गरिरहेका छौँ ।”

उहाँले आयोगले हरेक मतदान केन्द्रहरूलाई अपाङ्गतामैत्री, लैँगिङमैत्री, ज्येष्ठ नागरिकमैत्री बनाउन निर्देशन दिइसकेकाले सोबमोजिम छ भन्ने सन्देश प्रवाह गर्न पनि आग्रह गर्नुभयो । लमजुङका मुख्य निर्वाचन अधिृकत शिव प्रसाद खनालले जिल्लामा कुनै पनि दलविरुद्ध उजुरी नपरेकाले निर्वाचन आचारसंहिता पालना सन्तोषजनक रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*