आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा
मतदानस्थल रहेको विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा
काठमाडौं । सरकारले आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले आज सूचना जारी गरी आगामी निर्वाचनका मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने र मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ ।
आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।






















