टिपरको ठक्करबाट रुपन्देहीका पत्रकार कंडेलको मृत्यु

खबरपथ संवाददाता
३ मंसिर २०७९, शनिबार १३:०५

बुटवल । टिपरको ठक्करबाट रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल) को मृत्यु छ । लु १ क ५२७६ नम्बरको टिपर (रेडिमिक्स) ले शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा खण्डस्थित तिलोत्तमाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल) को मृत्यु भएको हो ।

बुटवलबाट भैरहवातर्फ जांदै गरेको टिपरले लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सख्त घाइते भएका कंडेलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ रानीबगिया स्थायी घर भई बुटवलमा बस्दै आएका कंडेल बुटवलबाट सञ्चालित ग्लोबल आवाज अनलाइनका सम्पादक थिए । ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*