काठमाडौं – १ को मतगणना सुरू

खबरपथ संवाददाता
५ मंसिर २०७९, सोमबार १०:२०

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना नयाँ बानेश्वरस्थित संसद भवनमा सुरू भएको छ । सोमबार बिहान ९ बजेपछि मतगणना सुरू भएको हो ।  मतगणनास्थलमा तारजाली लगाइएको छ भने बाक्लो संख्यामा सुरक्षाकर्मी खटेका छन् ।

काठमाडौं – १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम उम्मेदवार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*