रुपन्देही ४ मा मतगणना शुरु
खबरपथ संवाददाता
५ मंसिर २०७९, सोमबार १०:५१
बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो ।
सोमबार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।
यो क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिष्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको छ ।





















