रुपन्देही – ५ मा एमालेका वासुदेव घिमिरे निर्वाचित
खबरपथ संवाददाता
८ मंसिर २०७९, बिहीबार ०६:४६
बुटवल । रुपन्देही – ५ मा नेकपा एमालेका वासुदेव घिमिरे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
घिमिरे नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले पछि पार्दे निर्वाचित भएका हुन।
एमालेका वासुदेव घिमिरे ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे ।





















