आजदेखि बुटवलमा औद्योगिक प्रदर्शनी सुरु : राष्ट्रपति भण्डारीद्धारा उद्घाटन हुँदै

खबरपथ संवाददाता
७ पुष २०७९, बिहीबार १२:०८

बुटवल । आजदेखि बुटवलमा  राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु हुँदैछ । महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम तय भएको छ ।

रुपन्देही उद्योग संघको आयोजनामा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा आयोजना गरिएको महोत्सवको उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको रुपन्देही उद्योग संघका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

बुटवल मण्डपमा निर्माणाधिन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिएको प्रदर्शनी यहि पुसका १९ गतेसम्म सञ्चालन गरिने छ । जसमा ४५० वटा स्टल सहभागि रहेको संयोजक पौडेलले बताउनु भयो । त्यसको पूर्व शन्ध्यामा बुधबार बुटवलमा विभिन्न झाकी सहित प्रचारात्मक ¥याली समेत प्रदर्शन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*