अर्थतन्त्रलाई माथि उठाउन औद्याेगिक प्रदर्शनीकाे भुमिका महत्त्वपूर्ण : राष्ट्रपति भण्डारी
बुटवल । राष्ट्रपति विधादेबी भण्डारीले राष्ट्रिय औधोगिक प्रदर्शनिले कोभिडका कारणले शिथिल भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउन मद्धत गर्ने बताउन भएको छ । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कोभिड-१९ का कारणबाट शिथिल भएको अर्थतन्त्र चलायमान बनाउन यस्ता प्रदर्शनी तथा मेला महोत्सवले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले बर्तमान अवस्थामा मुलुकको ब्यापार घाटा निरन्तर बढिरहेको र आयात माथीको निर्भरता बिस्तार भईरहेको कारणले विदेशी मुद्राको संचितिमा अभुतपूर्व चाप बढिरहेको बताउनु भयो । राष्ट्रपति भण्डारीले व्यापार घाटा घटाउन र यसबाट पार पाउन स्वावलम्बि राष्टिय अर्थतन्त्रको बिकाशलाई मुलभुत उद्धेश्य बनाउनु पर्ने बताउनुभयो । मुलुकको ब्यापारघाटालाई तत्कालै कम गर्दे लैजान कृषि उत्पादन बढाउने बन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्धन र जलविधुतको स्वदेसी खपथमा जोडदिने नितिहरु अवलम्बन गर्नु अति आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगका उत्पादनले आयात प्रतिस्थापन, रोजगारीका नयाँ अवसर सिर्जना गर्न र निर्यात पर्वद्धन पनि गर्न सकिने भनाई राख्नुभयो । यसै क्षेत्रमा रहेको धार्मिक पर्यटकीय केन्द्र लुम्बिनीको पर्यटन विकासमा उहाँले जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले हरेक स्थानिय तहले खेति योग्य जमिन बाँजो नराख्ने निति बनाई युवा जनशक्ति र किसानहरुलाई उत्प्रेरित गर्न उधोगी ब्यवसायीहरु संग मिलेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।
मुलुकको आर्थिक बिकासका लागी सरकार संबेदनशिल : गृहमन्त्री खाँण
कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको आर्थिक बिकासका लागी सरकार संबेदनशिल रहेको बताउनु भएको छ । गृहमन्त्री खाँणले उधोग ब्यवसायी प्रति बैक तथा बित्तिय संस्थालाई गंभीर र संबेदशिल बन्न आग्रह गर्नुभयो ।
उहाँले बैंक तथा वित्तिय संस्थाको ब्याजदर वृद्धिले उद्योगी र व्यवसायीहरु मारमा परेको बताउँदै जसका कारण पछि झन ठूलो संकट वित्तीय क्षेत्रले भोग्नुपर्ने तर्फ सचेत गराउनुभयोे । पछिल्लो पटक देखिएको आर्थिक मन्दीमा उद्योगी र व्यवसायीहरुले ऋण र व्याज तिर्न नसक्ने अवस्था आएमा त्यसको गम्भिर असर बैंक तथा वित्तीय संस्थाहरुलाई पर्ने तर्फ सचेत गराउनुभयो ।
उहाँले समस्या समाधानका लागि साझा अबधारणाका साथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्यालाई समाधान गर्ने हाम्रो साझा दायित्तव रहेको बताउनुभयो ।
गृहमन्त्री खाँडले बैक तथा बित्तिय संस्थाको ब्याजदर घटाउन नितिगत हस्तक्षेप गर्नुपर्ने पनि बताउनुभयो । उहाँले नेपालको आर्थिक गतिविधिलाई चलायमान बनाउने र औद्योगिक प्रदर्शनीले उद्योगीहरुलाई थप नयाँ उर्जा प्रदान गर्ने बताउनुभयो ।
प्रदर्शनी आयोजक मुल समितिका संयोजक समेत रहनुभएका रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले बैंक तथा वित्तिय संस्थाहरुले व्याजदरमा गरेको बृद्धि, खुला सिमा नाका लगायतका कारण यस क्षेत्रका उद्योगी व्यवसायी मारमा परको भन्दा ती समस्या समाधान गरिदिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले औद्योगिक विकास र उत्पादित बस्तुको प्रवद्र्धनको लागि प्रदर्शनी आयोजना गरिएको जानकारी गराउँदै यसले मुलुकको औद्योगिक विकासमा टेवा पुग्ने भनाई राख्नुभयो ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराकासाथ बुटवल मण्डपमा आयोजना गरिएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा विभिन्न १० वटा पेभिलियनमा ४५० स्टल राखिएको छ ।
रुपन्देही उद्योग संघ सहित लुम्बिनी प्रदेश उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ काठमाण्डौ समेतको आयोजनामा १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड बढीको कारोबार गर्ने लक्ष्य मेला आयोजक मुल समितिका सहसंयोजक जीवकान्त काफ्लेले बताउनु भयो । त्यस्तै प्रदर्शनीमा प्रवेशको लागि टिकटमा ६० रुपैंया र विद्यार्थीलाई ५० रुपैंयाको व्यवस्था मिलाईएको छ । प्रदर्शनीमा विक्रि भएको प्रत्येक टिकटबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको लागि ४ रुपैंया र शिक्षा क्षेत्रको लागि ४ रुपैंया छुट्याईएको उहाँले बताउनु भयो ।





















