आज तमु ल्होसार पर्व मनाईदै , देशभर सार्वजनिक बिदा
खबरपथ संवाददाता
१५ पुष २०७९, शुक्रबार ०७:४६
काठमाडौं । आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दे ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । पौष १५ आजको दिनमा मनाईने तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँने गर्दछन् ।
ल्होसार पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।





















