रायमाझी कुलदेवता बुटवल नगरसमितिको सातौंसाधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न

दिपक रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन
खबरपथ संवाददाता
१६ पुष २०७९, शनिबार १०:१७

बुटवल । रायमाझी कुलदेवता बटवल नगरसमितिको सातौं साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कुन्जलापुर पार्कमा अधिवेशनको उद्धघाट्न गर्दे प्रमुख अथिति समितीका केन्द्रिय सदस्य लक्ष्मण रायमाझीले आगामी २०८० बैशाख २७ गते छहरामा हुन गईरहेको कुलायन पुजा सम्पन्न गर्नका लागी सबै रायमाझी बन्धुहरु आ–आफनो तर्फबाट लाग्नुु पर्ने बताउनुभयो । उहाँले कुलायन पुजाका लागी बन्धुहरु टाढाका जिल्लाहरुबाट पनि आउने हुँदा बस्ने ठाँउ , पुजाका लागी पानी र दाउरा समितीले ब्यवस्थापन गर्ने पनि बताउनुभयो । उहाँले बुटवल नगरसमितिले गरेका कार्यको प्रसंसा गर्दे समितिले शैक्षिक , सामाजिक क्षेत्रमा काम गर्न सुझाब दिनुभएको थियो । उहाँले समितिको क्रियाकलापलाई अगाडी बढाउन आर्थिक पाटो पनि बलियो बनाउनु पर्ने बताउनुभयो ।


त्यसैगरी बिशिष्ठ अथिति टोप बहादुर रायमाझीले नगरसमितिले गरेका कार्यको प्रशंसा गर्दे समितिले गर्ने कार्यमा आफुले हरबखत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यसैगरी समितीका बिशिष्ठ अथिति संरक्षक एवं केन्द्रिय सदस्य नारायण रायमाझीले नगरसमितिको स्थापनाका बारेमा स्मरण गराउनु भएको थियो । संरक्षक रायमाझीले समितीलाई थप मजबुत बनाउन आर्थिक पाटोमा मात्रै सिमित नगरी थप नयाँ सदस्यताको लागी पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा समितीका कोषाध्यक्ष लक्ष्मी रायमाझीले आर्थिक प्रतिबदेन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सल्लाहकारहरु पूर्व प्रमुख सेनानी कृष्ण बहादुर रायमाझी, होम बहादुर रायमाझी, दिपक रायमाझी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । नगरसमितिका अध्यक्ष राजेन्द्र सिंह रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यमक्रको उपाध्यक्ष भगवती रायमाझीले स्वागत मन्तब्य र सचिब रामु रायमाझीले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष सन्तोष रायमाझी , जिल्ला निवर्तमान अध्यक्ष रुप कुमार रायमाझी, प्रेस सल्लाहकार राजेन्द्र जङ्ग रायमाझी ,डिबि रायमाझी लगायतको आथित्यता रहेको थियो । कार्यक्रममा नगरभित्र बसोबास गर्ने रायमाझीबन्धुहरुको उपस्थिती रहेको थियो ।

दिपक रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन
त्यसैगरी अधिवेशनले दिपक रायमाझीको अध्यक्षतामा १३ सदस्सिय नयाँ कार्यसमिति चयन गरेको छ । नव निर्वाचित समितिको उपाध्यक्षमा भवगती रायमाझी, सचिवमा रामु रायमाझी, कोषाध्यक्षमा लक्ष्मी रायमाझी, सदस्यहरुमा कृष्ण रायमाझी, तारा रायमाझी, रमेश जङ्ग रायमाझी, शुवास रायमाझी, राम बहादुर रायमाझी चयन हुनभएको छ । थप सदस्यहरुका लागी कार्यसमितिले भेग मिलाई चयन गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । होम बहादुर रायमाझीको संयोजकत्वमा तिन सदस्सिय निर्वाचन समितिले नयाँ कार्यसमिती चयन गरेको हो । निर्वाचन समितिका सदस्यहरुमा प्रकाश रायमाझी र धन बहादुर रायमाझी रहनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*