प्रधानमन्त्री प्रचण्डद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

खबरपथ संवाददाता
१७ पुष २०७९, आईतवार १५:०६

पोखरा  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको छ ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गरिएको हो ।

सो अवसरमा हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ ।

उद्घाटनको खुसियालीमा पोखरा महानगरले आइतबार सार्वजनिक बिदा दिएको छ । महानगरवासीलाई आइतबार बेलुका घर घरमा दीप प्रज्ज्वलन गर्न महानगरले आग्रह गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*