पृथ्वी जयन्तीका अवसरमा भोली सार्वजनिक बिदा
खबरपथ संवाददाता
२६ पुष २०७९, मंगलवार १४:४८
काठमाण्डौं । सरकारले पृथ्वी जयन्तीका अवसरमा भोली (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक बिदाको सूचना निकालिएको जानकारी दिनुभएको छ ।






















