लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनुभएको छ । बुधबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार एमाले नेता लिला गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यस अघि गिरीले बुधबार नै ५८ जना संसदहरुको समर्थन सहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।
लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सांसद रहेकोमा गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३/३ , नागरक उन्मुक्तका ४, लोसपाका ३ र स्वतन्त्रबाट २ गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
लुम्बिनीमा सरकार गठनका लागी ४४ जना सांसदको समर्थन भए पुग्दछ ।






















