शिवनगर सामुदायिक बनको २७ औ बार्षिक साधारण सभा तथा १२ औं अधिवेशन
बुटवल । शिवनगर सामुदायिक बनको २७ औ बार्षिक साधारण सभा तथा १२ औ अधिवेशन आज सम्पन्न भएको छ । शनिवार शिवनगर सामुदायिक भवनको प्राङ्गणमा सम्पन्न कार्यक्रमको उद्धघाटन गर्दे प्रमुख अथिति बुटवल उपमहानगरपालिकाका प्रशासकिय प्रमुख टेक राज पन्थीले शिवनगर बनको संरक्षण प्रवर्धनका लागी नगरपालिकाले हरेक तवरले सहयोग र सहकार्य गर्ने बताउनुभयो । उहाँले बनले अगाडी बढाएका पर्यापर्यटन, फोहोर ब्यवस्थापन, गौशाला निर्माण लगायतका कार्यमा नगरपालिकाले सहकार्य गर्दे आएको र यसलाई निरन्तरता दिने समेत प्रतिबद्धता जनाउनुभयो ।
उहाँले बनको संरक्षण र प्रवर्धन सही ढंगले गर्न सके भावी पुस्ताले समेत यसबाट लाभ लिन सक्ने बताउनुभयो । उहाँले शिवनगर सामुदायिक बनले गरेका कार्यहरुको प्रशंसा गर्दे बनको संरक्षणका लागी हरेक उपभोक्ता सजग हुन जरुरी रहेको बताउनुभयो । उहाँले बनमा हुने चोरीतस्करीलाई नियन्त्रण गर्नुपर्ने पनि बताउनुभयो ।
सुकुम्बासीको नाउँमा बन अतिक्रमणमा पर्ने गरेको बताउँदै उहाँले बनको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ठ अथिति बुटवल उपमहानगरपालिकाका पूर्व मेयर शिवराज सुवदीले शिवनगर सामुदायिक बनको गुरुयोजना तयार भएको बताउनुभयो । उहाँले प्रदेश र स्थानिय सरकारले समेत उक्त गुरुयोजनालाई आधार मानि कार्यक्रमहरु पाईपलाईनमा राखेको बताउनुभयो । उहाँले बन नागरिकको समृद्धि संग जोडिएको हुदाँ बनलाई पर्यापर्यटनको रुपमा बिकाश गर्नुपर्ने बताउनुभयो । उहाँले शिवनगर बनको गुरुयोजना अनुसार अबको २ बर्ष पछि बन आफनो खुट्टामा उभिन सक्षम हुने बताउनुभयो

कार्यक्रममा शिवनगर बनका अध्यक्ष नारायण बहादुर घिमिरेले बार्षिक प्रतिबदेन प्रस्तुत गर्दे पर्यापर्यटनको लागी स्थानिय सरकार संगको सहकार्यमा कमल पोखरी र गौशाला निर्माण धार्मिक पर्यटनका पूर्वाधार लगायतका विभिन्न कार्यहरु गरिएको बताउनुभयो । उहाँले उपभोक्ताहरुको आर्थिक विकाशका लागी वनमा आधारीत उधोग, पुष्प खेती, नर्सरी, पशुपालन, मौरी पालन जस्ता उत्पादशील कार्र्य लगायतको योजना तयार गरी अगाडी बढीएको बताउनुभयो ।

त्यसैगरी शिवनगर बनका कोषाध्यक्ष राजेन्द्र रिजालले आर्थिक आय ब्याय प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी जनप्रतिनिधीका तर्फबाट वडा नं. ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनीले बनले गरेका कार्यको प्रशंसा गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति ज्योति भण्डारी , नेकपा एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवाली ,नेकपा माओबादीका नगर अध्यक्ष महेन्द्र भुषाल , नेकपा समाजबादीका संयोजक चिन बहादुर गुरुङ्ग, राष्ट्रिय जनमोर्चाका संयोजक भेख बहादुर सारु, शिवनगर बनका सल्लाहकार बल बहादुर आचार्य, संघ संस्थाका तर्फबाट युवराज गिरी, शंकरनगर बन उपभोक्ता का कमला ज्ञवाली लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।









शिवनगर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नारायण बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनका उपाध्यक्ष थानेश्वर बश्यालको स्वागत र सचिव श्यामकली आचार्यले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा सरकारी स्कुलका जेहेन्दार विधार्थीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको थियो । त्यसैगरी साुदायिक बनका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा शिवनगर बनका पूर्वअध्यक्षहरु , सल्लाहकारहरु , समितीका पदाधिकारीहरु र उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।
शिवनगर सामुदायिक बन उपभोक्ता समुहमा वडा नं. ७,८,९ र ११ गरी तिन हजार ७० घरधुरी बनका उपभोक्ता रहेका छन् । अधिवेशनले आगामि तिन बर्षका लागी नयाँ नेतृत्व चयन गर्देछ ।






























